श्राद्ध

Home ब्लग सुचना

श्राद्ध

श्रत्, सत्यं ददातीति श्रद्धा जसले भित्री मनदेखि सत्य मानेर विश्वाले कुनै काम गर्छ वा वस्तु दिन्छ भने त्यो नै श्रद्धा हो । शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ। शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध, सोह्र श्राद्ध, आभ्युदयिक श्राद्ध तीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन्। एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ। धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय श्राद्ध भनिन्छ। विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध वृद्धि श्राद्ध भनिन्छ। यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो। यस बाहेक आफ्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देश बिदेश जाँदा सफल हुन घ्यूले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ। जुनसुकै कठिनाई वा आपत-विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु हुँदैन | पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः।पितृ यही लोकमा सूक्ष्म शरीर धारण गरेर भड्किरहेका हुन्छन्। तेसैले  पितृमुक्तिका लागि  श्राद्ध अनिवार्य छ ।

प्रेतान् पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मानः।
श्रद्धया दीयते यत्र, तच्छ्राद्धं परिचक्षते।।
अर्थात्, देहावसान भइसकेका बुवाआमा लगायत समस्त पितृले पाऊन् भन्ने कामनाले योग्य, पूज्य व्यक्तिलाई भित्री हृदयदेखि श्रद्धा जगाएर दान वा अर्पण गर्नु नै श्राद्ध हो

 

सेयर गर्नुहोस् :

नयाँ टिप्पणी थप्नुहोस्

 तपाईंको टिप्पणी सफलतापूर्वक पठाइएको छ। धन्यवाद!   रिफ्रेस गर्नुहोस्
केहि त्रुटि भयो: कृपया पुन: प्रयास गर्नुहोस्